प्रदेश ५ मा कोरोना नियन्त्रण गर्न संकट व्यवस्थापन केन्द्र स्थापना

Post Thumbnail

चैत्र २४, काठमाडौ । प्रदेश ५ मा कोभिड-१९ संक्रमण सम्बन्धी कामहरु सम्पादन गर्न संकट व्यवस्थापन केन्द्र, सीएमसी (क्राइसिस मेनेजमेन्ट सेन्टर) स्थापना भएको छ ।

कोभिड(१९ को सम्भावित जोखिम रोकथाम र उपचारलगायतका कामहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा गर्नका लागि क्राइसिस मेनेजमेण्ट सेन्टर गठन गरिएको हो ।
मुख्यमन्त्री शंकर पोखरेल अध्यक्ष रहेको केन्द्रको सदस्यहरुमा आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सरकारका प्रमुख सचिव तोयनारायण ज्ञवाली, मध्यपश्चिम पृतना बुटवलका पृतनापति सिताराम खडका, आर्थिक मामिला योजना मन्त्रालयका सचिव मधु मरासिनी, आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकर खरेल, सामाजिक विकास मन्त्रालयका सचिव गोपीकृष्ण खनाल, नेपाली प्रहरी प्रदेश ५ का प्रमुख, सशस्त्र प्रहरी बल प्रदेश ५ का प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख र बुटवलका नगर प्रमुख शिवराज सुवेदी रहेका छन् ।

केन्द्रको सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदीलाई तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस