धनगढीमा कोरोना संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ !

चैत्र २३, काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका कोरोना संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
उनको परिवारका आठ सदस्यको स्वाब संकलन गरिएकामा उनकी ३४ वर्षीया भाउजूूको रिपोर्ट पोजेटिभ र अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए ।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि संक्रमण देखिएका धनगढीका युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए । दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए । यता, कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ । अस्पताल बाहेक सबै क्षेत्र बन्द छन् ।

संम्बन्धित समचार

Leave a Reply