सेनाले जुनसुकै विपदको बेला सरकारी म्यान्डेटमा रहेर कर्तव्यपालन गर्छ : प्रवक्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २४, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २४, काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी सरकारले सरकारसँग खरिद गर्न सरकारले आफ्नो संस्थालाई जिम्मेवारी दिएकोे जानकारी दिएको छ । आइतबार भिडियो कन्फरेन्समार्फत् पत्रकार सम्मेलन गर्नुहुँदै नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उक्त जानकारी दिए । ‘नेपाल सरकारको मातहतमा रहेको नेपाली सेना पनि एउटा संस्था हो, उनले भने ‘नेपाली सेना जुनसुकै विपदको बेला सरकारी म्यान्डेटमा रहेर सँधै उत्तरदायित्ववोधका साथ कर्तव्यपालन गरिरहेको छ ।’

केही दिनअघि भएको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी सरकारले सरकारसँग मार्फत् खरिद गर्ने नेपाली सेनालाई जिम्मेवारी दिएको उनले स्पष्ट पारे ।

ती सामान खरिद गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग, रक्षा मन्त्रालय र विश्व स्वास्थ्य संघका आधिकारीसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने उहाँले नेपाली सेनाका प्रवत्ता पाण्डेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस