नेपालको सीमा क्षेत्रको भारतीय भूभागमा छजना कोरोना संक्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २४, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र २४, भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्र भारतको महाराजगन्जमा छ जना कोरोना संक्रमित फेला परेका छन् । रुपन्देहीको मर्चवारबाट पाँच किलोमिटरकै दुरीमा कोरोना संक्रमित फेला परेपछि यस क्षेत्रका बासिन्दाले थप सतर्कता अपनाउन तथा भारतीय तरकारी तथा फलफूलको प्रयोग नगर्न आग्रह गरेका छन् ।

भैरहवाबाट करिव २० किलोमिटरको दुरीमा तथा मर्चवारबाट पाँच किलोमिटर दुरीमा पर्ने कोल्हुई क्षेत्र आसपासमा कोरोना भाइरस भएका बिरामी भेटिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार कोल्हुई र पुरन्दरपुर क्षेत्रमा छ जना कोरोना संक्रमित भेटिएका छन् । दिल्लीको तबलिगी मरकजमा सहभागी भएर आएका २३ जना मध्ये छ जनामा कोरोना भाइरस देखिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस