अछामका पाँच जनामा देखिएन भाइरस

Post Thumbnail

चैत्र २४, अछाम । कोरोना भाइरस संक्रमणको आशंकामा नमूना संकलन गरी स्वाब धनगढी पठाएकोमा पाँच जनाको रिपोर्टमा भाइरस फेला नपरेको बताइएको छ । बयलपाटा अस्पतालबाट दुई स्वास्थ्यकर्मी र आइसोलेशन वार्डमा उपचारत रहेका तीन सर्वसाधारणको रिर्पोट नकरात्मक आएको बयलपाटा अस्पतालले जानकारी दिएको छ ।

कोरोना आशंका गरिएका पाँच जनाकै रिर्पोट नेगेटिभ भएको सेती प्रादेशिक प्रयोगशाला धनगढीले रिपोर्ट दिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा। विकाश गौचनले जानकारी दिए । कोरोना भाइरसको आशंकामा बिहीबार स्वाबको नमूना संकलन गरेर शुक्रबार धनगढी पठाइएको थियो । जिल्ला बाहिरबाट आएका पाँच जनामा ज्वरो, खोकी र एकजनामा स्वासको समस्या भएपछि स्वाबको नमूना परीक्षणका लागि पठाइएको थियो । अछामबाट पहिलो पटक पाँच जनाको कोरोना आशंकामा स्वाब नमूना संकलन गरेर पठाइएको थियो । आइसोलेशनमा रहेका तीन जनालाई घर फिर्ता गरिने बयलपाटा अस्पतालले जानकारी दिएको छ । पाँचै जना सामान्य रहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस