भारतको ३० राज्यमा ४ हजारभन्दा धेरैमा संक्रमण, मृतकको संख्या १ सय ९

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २४, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २४, काठमाण्डौ । कोरोना भाइरसको प्रकोप विश्वभर देखिएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमतिको संख्या बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणको ४ हजार ०६७ केस देखिएको छ । कोरोना संक्रमण देखिएका २९२ जना ठिक भएका छन् ।

त्यस्तै ६५ जना विदेशी नागरिक पनि भारतमा कोरोनाले संक्रमित बनेका छन् । कोरोनाका कारण अहिलेसम्म भारतमा १०९ जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै नवभारत टाइम्सको समाचारमा जनाइएको छ । कोरोना भाइरसका कारण भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा मानिसहरुले ज्यान गुमाएका छन् । महाराष्ट्रमा अहिले सम्म ४५ जनाले ज्यान गुमाएका छन् । भने ६९० जनामा संक्रमण देखिएको छ । त्यस्तै गुजरातमा ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने त्यहाँ १२२ जना संक्रमित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस