महावीर पुनले मागे ७ लाख सापटी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २४, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २४,काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका महाविर पुनले ७ लाख रुपैया सापटी मागेका छन । उनले कोरोना रोकथामको लागि आवश्यक स्वास्थ्य सामाग्री बनाउनको लागि हाललाई सात लाख रुपैया आवश्यक भएको बताउदै सामाजिक सञ्जाल फेसबुक मार्फत सात लाख रुपैया सापटी मागेका हुने ।

राष्ट्रिय आविष्कार केन्दले अहिले पिपिइ लगायतका सामग्री बनाईरहेको छ । केन्द्रले विविभन्न अस्पतालमा विग्रिएका भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्रीसमेत बनाउन सुरु गरेको छ । पुनले के भनेका छन ?

हेर्नुस् जस्ताको त्यस्तै:

के गर्ने, केहि सीप नलागेर सापट माग्नु नै पर्ने भयो. लौ त राष्ट्रिय आविष्कार केन्द्रलाई लकडाउन अबधि सम्मको लागि मात्र भनेर कोरोनाको लागी चाहिने PPE सहित अन्य सामानहरु बनाउनको लागी अहिले लाई नगद रु. ७ लाख जति सापट नभै भएन. ईच्छा हुनेले र खोजखाज गर्न सक्नेले सके जति नगद नै सापट दिन सक्नु हुन्छ भने मलाई 9841592361 मा फोन गर्नु होला. यो पैसा चन्दा मागेको पटक्कै होइन र मैले कहिले पनि चन्दा माग्दै माग्दैन. कोरोनाको रोकथामको काममा चाहिने सापटी नमागी नहुने कारण निम्न अनुसार छ.

कोरोनाको लागी PPE बनाउने र अन्य कामहरु राष्ट्रिय आविष्कार केन्द्रले गर्ने भन्ने योजना लकडाउनको लगत्तै गरियो. त्यसको लागी आबश्यक खर्च राष्ट्रिय आविष्कार केन्द्रले नै गरि रहेको छ. तर राष्ट्रिय आविष्कार केन्द्रको चेकमा हस्ताक्षर गर्ने एक जना सदस्य काठमान्डूमा नभएको ले चेक काट्न सकिएन र पैसा निकाल्न सकिएन. हामीले PPE र अन्य सामाग्रीहरु पैसा नलिईकन सबैलाई उपलब्ध गराएका छौं. तर स्वईच्छाले दान दिन चाहनेले राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्न सक्नु हुन्छ भनेर भनि रहेका छौं र दान दिनेले दिई रहेका छन्.

अहिले सम्म केहि दाताहरुले कोरोनाको लागि नै भनेर रु. ६ लाख ६६ हजार नगद र बैंकको खातामा रु. ८ लाख ३८ हजार गरेर जम्मा रु.१५ लाख ४ हजार दान गर्नु भएको छ. अहिले सम्म काम चलाउनको लागि तानतुन गरेर रु. ५ लाख ५० हजार सापट पनि गरिएको छ. हिजो सम्मको खर्च जम्मा रु.१८ लाख ८ हजार भएको छ. यसरी राष्ट्रिय आविष्कार केन्द्रको चेकमा हस्ताक्षर गर्ने एक जना मान्छे काठमान्डू बाहिर भएकोले केहि सीप नलागेर सामानहरु किन्न र बनाउनको लागी हाल लाई ७ लाख नगद सापट खोजेको हो. बिरोध गर्न कै लागि भनेर अनेक किसिमको छेडछाड र कुप्रचार नगर्नु होला. धन्यबाद.

ताजा अपडेट

खोजी गर्नुहोस