व्याजदर घटाउन बैकर्स संघमा आन्तरिक सहमति

चैत्र २४, काठमाडौं । कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो अवस्थालाइ दृष्टिगत गरी नेपाल बैंकर्स एशोसियसनले व्याजदर घटाउने सहमति गरेको छ । संघका अध्यक्ष भुवन दाहालले दिएको जानकारी अनुसार बैंकहरूबीच पटक पटक छलफल भएपछि व्याजदर घटाउने आन्तरिक सहमति भएको हो ।

यद्यपि यसको औपचारिक निर्णय भने भइसकेको छैन । सहमित अनुसार वाणिज्य बैंकहरुले साधारण बचतको ब्याजदर ५।५ प्रतिशत, व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर अधिकतम ८।२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ७ प्रतिशतसम्म दिनसक्ने बुझिएको छ । सहमति भएको व्याजदर सम्वन्धित बैंकले आफ्नो बेभसाइटका साथै सार्बजनिक संचारमाध्यमबाट सार्वजनिक गर्ने तयारी गरेका छन् । व्याजदर घटेसँगै बैंकहरूको आधारदर कम हुने हुनाले ऋणीहरूलाइ केही राहत पुग्ने भएको छ ।

संम्बन्धित समचार

Leave a Reply