लकडाउन वैशाख ३ गतेसम्म लम्बियो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २४, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २४, काठमाडौँ । सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याई वैशाख तीन गतेसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म थियो । यस्तै बैठकले महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको पनि एक मन्त्रीले बताए ।

अर्थमन्त्री युवराज खतिवडाको संयोजनमा गठित समितिले बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वडेपुटी गभर्नर एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्वसचिव राजन खनाललाई सिफारिस गरेको थियो । उनीहरुमध्ये महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस