प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २५, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको जानकारी गराएका थिए । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः एक साता थप्दै वैशाख ३ गतेसम्म बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस