चैत्र २५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि जोखिमपूर्ण भएको बताएका छन् । मंगलबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण र समुदाय फैलिने क्रम बढ्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले थप चनाखो हुन जरूरी भएको बताए । ‘दुई सातादेखि देश लक डाउनमा छ ।
हामी सबैलाई थाहा छ यो अपरिहार्य कदम हो,’ उनले भने । प्रधानमन्त्री ओलीले सबैको सहयोगले अहिलेसम्म कोरोना भाइरसको संक्रमण ९ जनामा सीमित राख्न सकिएको बताए ।