कोरोना उपचार कोषमा लेखापढी व्यवसायी संघको २ लाख सहयोग

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ चैत्र २५, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २५,काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोषमा नेपाल लेखापढी कानुन व्यवासायी संघले २ लाख रुपैया सहयोग गरेको छ । संघका अध्यक्ष सिताराम दाहालले राष्ट्रिय संकटको घडिमा आर्थिक सहयोग गर्न पाउनु संघको लागि गौरवको विषय भएको बताए ।

दाहालले संकटको बेला सहयोग गर्नु संघको दायित्व र जिम्मेवारी भएको बताए । कोरोनाका कारण विश्वसंगै नेपाल पनि संकटमा रहेकोले सबै तह र तप्काले सो काषमा सहयोग गर्न उनले अपिलसमेत गरेका छन ।

सरकारले बनाएको कोरोना नियान्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति , समुह तथा संस्थाहरुले सहयोग गरिरहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस