चाडपर्वका बेला नेपाल–भारतका मुख्य नाकामा सहायता कक्ष राखिने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण २५, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २५,काठमाडौँ । चाडपर्वका बेला नेपाल र भारतका मुख्य नाकाहरुमा सहायता कक्ष राखिने भएको छ ।

दिल्लीमा शुक्रबार सम्पन्न सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलको संयुक्त बैठकमा चाडपर्वको समयमा मानिसहरुको सहज आवतजावतलाई सहज बनाउने सहमति भएको हो । त्यसका लागि मुख्य नाकाहरुमा सहायकता कक्ष समेत राखिनेछ ।

भारतबाट चाडपर्वमा घर फर्किएका बेला भारतीय सीमा सुरक्षा बलले नेपालीलाई दुःख दिने गरेको गुनासो धेरै आउँछ । दशैंतिहारमा आउने कयौं नेपालीहरु सीमा क्षेत्रमा लुटिएको खबरहरु समेत आउँछ । त्यसलाई सम्बोधन गर्न सहायता कक्ष राख्न लागिएको हो ।

सीमामा संयुक्त गस्ती गर्ने सहमति पनि भएको छ । मानव तथा लागू औषध तस्करी, हतियार ओसारपसार रोक्न संयुक्त गस्ती गर्ने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ ।

तीन दिनसम वार्तामा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलमा महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको टोली सहभागी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस