डा. फाउची भन्छन्-‘खोप नबनी कोरोनाभाइरसलाई निर्मूल पार्न सम्भव छैन’

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २५, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २५, काठमाण्डौ । कोरोनाभाइरसलाई कुनै खोप वा असरदार उपचारविना निर्मूल पार्न नसकिने अमेरिकाका अग्रणी सरुवा रोग विशेषज्ञ तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका प्रमुख डा एन्थोनी फाउचीले बताएका छन् ।

सोमवार आयोजित एक पत्रकार सम्मेलनमा डा फाउचीले भने, ‘असरदार उपचार वा खोप नपाउन्जेल कोरोनाभाइरस फैलिनुभन्दा अघिको स्थितिमा अमेरिका शायद पुग्ने छैन ।’ जोन्स हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार, अमेरिकामा ११ हजार मानिसको मृत्यु कोरोनाकै कारण भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस