नवनियुक्त गभर्नर अधिकारीले कार्यभार सम्हाले

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २५, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २५, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार कार्यभार सम्हालेका छन् । विषम परिस्थितिमा आफूलाई गभर्नरको नेतृत्व दिएकोमा उनले सरकारलाई धन्यवाद दिएका छन् । गभर्नरको दाबेदार कायममुकायम गभर्नर डा। चिन्तामणि सिवाकोटी, केशवप्रसाद भट्टराई र अधिकारी थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो । अधिकारी ०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस