रेडियोकर्मी दाहालको स्वास्थ्य अवस्था स्थिर !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण २५, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २५,काठमाडौँ । साहित्यकार एवं रेडियोकर्मी  यज्ञनिधि दाहालको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । दुई दशकअघि ६५ वर्षीय यज्ञनिधिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

मस्तिष्कघातका कारण उनि मण्डिखाटारस्थित निवासमा लडेका थिए । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि आज उहाँलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिने उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस