इरानमा कोरोना निको हुनेभन्दै कडा अल्कोहल पिउँदै, ६०० जनाको मृत्यु

चैत्र २६, काठमाण्डौ । इरानमा कोरोनाभाइरस ठीक पार्ने भन्दै कडा अल्कोहल पिउने ६०० भन्दा बढीको मृत्यु भएको छ भने हजारौंजनालाई विष लागेको छ । ६०० भन्दा बढीको मृत्यु भएको र लगभग तीन हजारजना अस्पतालमा रहेको इरानी न्यायपालिकाका प्रवक्ता गोलाम होसेन इस्माइलीले बताए ।

अहिलेसम्म कोरोनाभाइरसको औषधि पत्ता लागिसकेको छैन र लक्षणहरूलाई कम गराउने सीमित औषधिहरू मात्र छन् । इरान पनि कोरोनाभाइरसबाट बढी आक्रान्त मुलुकमध्ये एक हो । त्यहाँ ३८ सय ७२ जनाको मृत्यु कोरोनाकै कारण भइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply