रक्सौलमा रोकिएका औषधिका कच्चा पदार्थ भित्रिन थाले

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २६, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २६, काठमाण्डौ । रक्सौलस्थित भन्सार यार्डमा होल्ड भएका औषधि उद्योगका कच्चा पदार्थ नेपाल भित्रिन थालेका छन् । बारा पर्सा औद्योगिक कोरिडोरका तीन ट्रक कच्चा पदार्थ वीरगञ्ज भन्सार नाका हुँदै भित्रिएको हो । भैरहवा, विराटनगरलगायत स्थानमा रोकिएका कच्चा पदार्थसमेत ल्याउन पहल भइरहेको उद्योगीहरूले बताएका छन् ।

मारुती फर्मास्युटिकल्सका सञ्चालक प्रभात रुंगटाले रक्सौलमा रोकिएका खुद्रा सामान सहज आयात हुन थालेको जानकारी दिए । भारततर्फ थन्किएका खुद्रा समान सबै भित्रिएपछि सहज रूपमा उद्योग सञ्चालन हुने उनको भनाइ छ । कच्चा पदार्थको गाडी रोकिएपछि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले पहल थालेको छ । महावाणिज्य दूतावासको अग्रसरतापछि रक्सौलमा रोकिएका कच्चा पदार्थ पुरानो भन्सार नाका हुँदै नेपाल पठाउन भारतीय पक्ष सहमत भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस