२१ दिनका लागि तय भएको भारतको लकडाउन थप हुनसक्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २६, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २६, काठमाण्डौ । २१ दिनका लागि तय भएको भारतको लकडाउन थप हुनसक्ने देखिएको छ । कोरोना संक्रमण देखिएका महाराष्ट्र, तेलाङ्गना, पंजाब र मध्य प्रदेश लगायतका राज्यहरू जारी लकडाउन थप गर्नुपर्ने पक्षमा देखिएकाले अप्रिल १४ पछि पनि लकडाउन जारी रहने देखिएको हो ।

भारतका धेरै राज्य सरकार तथा विशेषज्ञहरूले लकडाउन खोल्दा हाल स्थिर देखिएको कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरा भएकाले लकडाउन बढाउनुपर्ने पक्षमा छन् । थप भएको अवधिमा जिल्ला तथा राज्यका सीमाहरू सिल गरिनेछ भने रेल, मेट्रो तथा हवाइसेवाहरू खुल्नसक्ने सम्भावना भने रहेको छ ।

यसैगरी सरकारले औषधीजन्य सेवा र खाद्यान्न विक्री केन्द्रका अलावा अन्य आवश्यक सेवाहरू खुकुलो बनाउने बारेमा पनि छलफल गरिरहेको टाइम्स अफ इण्डियाले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस