शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ श्रावण २५, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २५,काठमाडौँ । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् ।

आक्रमणमा परि कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताए ।

प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्तका कारण कतिपय पसलहरुमा आगजनी भएको भएको छ ।

तालिबान आतङ्ककारी समूहले बिहीबार अबेर रातिबाट घाज्नी सहरका विभिन्न इलाकामा रहेका सैनिक जाँच चौकीलगायत शहरमा आक्रमण गरेका प्रहरी पमुख फारिद अहमद मसालले एएफपी समाचार समितिलाई बताएका छन ।

बिहीबार राति नै अफगानिस्तानको पश्चिम भागमा पर्ने हेरात प्रान्तको ओबे जिल्लामा तालिबानले गरेको अर्को आक्रमणमा परी छ प्रहरी अधिकारी मारिएका त्यस प्रान्तमा गभर्नरका प्रवक्ता गेलानी फर्हादले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस