रेडियो राजमार्गका स्टेशन प्रमुख ठकुरीसहित तिन पत्रकार सम्मानित

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण २५, शुक्रबार (५ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन २५,धादिङ । रेडियो राजमार्गका स्टेशन प्रमुख आशिष ठकुरी सम्मानित भएका छन् । समाचार संकलनको माध्यमबाट आम नागरिकलाई सुशूचित गरेको भन्दै प्रयन्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल)को १७ औँ वार्षिक साधारणसभाको अवसर पारेर ठकुरी सम्मानित भएका हुन् । उनि नागरिकपाटी डटकमका सम्पादक पनि हुन ।

ठकुरी सँगै नेपाल टेलिभिजनका शिव सिलवाल र पाविल न्युज डटकमका सरिता श्रेष्ठ सम्मानित भएका हुन् ।

संस्थाले गरेका कार्यहरु आम नागरिकबीच पु¥याउन भूमिका खेलेको र जिल्लाका विभिन्न गाउँ तथा नगरपालिका लक्षित समुदायमा संचालित सामुदायिक विकासका गतिविधिहरुको समाचार प्रकाशनको माध्यमबाट सूचना प्रवाह गरी नागरिकहरुको सूचनाको हक स्थापित गरेको भन्दै सम्मान गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताएका छन् ।

यसैबिच प्रयत्नशील सामुदायिक बिकास समाज प्रयास नेपाल धादिङको सत्रौ वार्षिक साधारणसभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस