विद्यार्थी नेता पराजुली भन्छन-‘जथाभावी करले संघीयतामा ब्रेक लाग्न सक्छ’

साउन २५,काठमाडौँ । विद्यार्थी नेता सुदेश पराजुलीले संघीयतामा ब्रेक लाग्न सक्ने गम्भिर आशंका व्यक्त गरेका छन । उनले यसमा समाजवादी यात्राका पथ प्रदर्शकहरुले बेलैमा सोच्नु आवश्यक रहेको औल्याएका छन ।

स्थानिय तहमा लगाएको जथाभावी करले जनतामा प्रत्यक्षरुपले मार पारिरहेको प्रशंग निकाल्दै नेता पराजुलीले , यसले जनतामा नकारात्मक असर परिरहेको बताएका छन ।

उनले शिर्षस्थ नेताहरुले बेलैमा सोच्नुपर्ने बताउदै । स्थानिय सरकारको यस्तो रवैयाको कुनैपनि हालतमा नियन्त्रण गर्नपर्ने बताएका छन । उनले आज सामाजिक सञ्जालमा लेख्दै नागरीकको कर तिर्ने क्षमता हेरेर कर निर्धारण गरिनु पर्ने र नागरिकले तिरेको करको सदुपयोग हुने प्रत्यभुती सरकारले दिलाउनुपर्नेमा जोड दिएका छन ।

समाजवाद निर्माणको यात्रामा प्रगतिशील कर प्रणाली न्युनतम सर्त हो । तर स्थानीय सरकारहरुको कर सम्बन्धि स्वच्छन्द निर्णयहरुले संघीयता प्रती नागरिकमा नकारात्मक सोच उत्पन्न गरेको छ । उनले लेखेका छन ।

संम्बन्धित समचार

Leave a Reply