राजधानीका सडकसहित राजमार्ग र सहायकमार्ग सुधारमा पनि सरकारको सक्रियता (फोटोफिचरसहित)

राज ढुंगाना                                 

चैत्र ३०,काठमाडौँ । यतिेबला राजधानीका सडक चिल्ला र चम्किला छन । मुलुक कोभिड १९ कोरोना भाइरसका कारण लकडाउनमा छ । यही मौकामा प्रधानमन्त्रीको कार्यालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको टिम राजधानी लगायत देशभरका सडकलाई स्तरोन्नती गर्न व्यस्त छ । यतिबेला राजधानीको सडकमा ओभर ले गर्ने, रोड मार्किङ, पेन्टिङ गर्ने लगायतका काम भइरहेको छ । राजधानीबाहिरका सडकमा पनि ओभर ले गर्ने र खाल्डाखुल्डी पुर्ने काम भईरहेको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ सडक अनुगमनमा निरन्तर गइरहेका छन । उनले काम भएको ठाँउमा गुणस्तरको कुनै कमि हुन नदिन निर्देशन दिएका छन । मन्त्री नेम्वाङ प्रधानमन्त्री ओलीको सम्बृद्ध नेपाल बनाउने योजनालाई राम्रो र गुणस्तर सडकले महत्वुपर्ण सहयोग पुर्याउने बताउछन । मन्त्री नेम्वाङ भन्छन–’विश्व कोरोनाको महामारीमा छ तर हामी एकदिन लकडाउनबाट बाहिर निक्लन्छौँ । यो महामारी नियन्त्रण गर्न सरकार लागि परेको छ ।’ यो संगै भौतिक पुर्वाधारको काम पनि रोक्न नहुनेमा मन्त्री नेम्वाङको जोड छ ।

प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया पनि यो कुरा स्विकार्छन, उनि भन्छन–’अहिले लकडाउनमा अपनाउन पर्ने सबै सुरक्षाका विधिहरु अपनाएर काम भइरहेको छ, मन्त्री ज्यु पनि सहमत हुनुभयो,उहाँ निरन्तर अनुगमनमा हुनुहुन्छ । अहिलेसम्म त्यस्तो कुनै समस्या भएको छैन । हामी सकेसम्म यतिबेला सडकलाई राम्रो र सुरक्षित बनाउन प्रयत्न गरिरहेका छौँ ।’ राजधानीका सडकलाई मात्र प्राथामिकतामा राखिएको हो र ? भन्ने प्रश्नमा थपलियाले भने–’अहिले राजधानी भित्रने मुख्य नाका लगायतका अन्य सडकलाई पनि हामिले बनाइराखेका छौँ । नागढुंगा–पिपलमोड सडकको सम्पुर्ण काम भइसकेको छ । साँगा, बालाजु क्षेत्रमा पनि अहिले सडकको स्रोन्नती गर्ने काम भईरहेको छ ।’

सडक विभागका महानिर्देशक केशव कुमार शर्माका अनुसार अहिले राजधानीमा रोड मार्किङको मात्रै काम गर्न सकिएको छ, लकडाउनका कारण कालोपत्रे गर्न पाएको छैन् । उनले उपत्यका अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री सडकलाई स्तरोन्नती गर्ने काम भइरहेको बताए । शर्माले ठेकेदार,काम गर्ने ठाँउका गाडी , कामदारको नामसमेत उल्लेख गरी अझै व्यस्थित गरेर काम गर्न खाजिएको बताए । उनले माइतीघर–सिंहदरबार,पदमोद्यमोड, थापाथली , तिनकुने, कालोपुल , ज्ञानेश्वर, बालुवाटार–महाराजगञ्ज क्षेत्रमा रङ लगाउने काम भइरहेको बताए ।

यसैगरी उनले राजधानी बाहिर पनि काम भइरहेको बताए । उनले पिपलमोड–नौविसे सडकमा ओभर ले गर्ने तयारी भएपनि कामदार बाहिर भएकोले समस्या भएको र ठेकेदारलाई नयाँ कामदार खोज्न अनुरोध गरिएको बताए । उनले भने–’ठेकेदार कम्पनीमा काम गर्ने मजदुर लकडाउनका कारण घर गएछन, तर हामिले कतै व्यवस्थापन गर्न सकिन्छ की भनेर ठेकेदारसंग कुरा राखेका छौँ ‘ उनले राजधानी बाहिर के के भइरहेको छ भन्ने जिज्ञासामा भकुण्डेबेसीबाहेक बिपि राजमार्गमा कुनै समस्या नभएको बताए । उनले नेपालको सबैभन्दा पुरानो सडक त्रिभुवन राजपथमा अहिले भैसे देखी नौविसेसम्म खाल्डाखुल्डी पुर्ने काम भइरहेको बताए ।

शर्माका अनुसार अहिले दमौली–पोखरा,सिद्धार्थ राजमार्ग,काकडभिट्टा देखी महेन्द्रनगरसम्म खाल्डाखुल्डीको काम सकिएको छ । उनले अन्य समस्या रहेका ठाँउमा छिट्टै काम अघि बढाउने बताए । शर्माले यो आर्थिक बर्षमा सडक निर्माण तथा स्तरोन्नतीमा बजेट पनि राम्रो व्यवस्था भएकोले यो बर्ष काम गरेरै देखाउने लक्ष्य अनुसार काम भइरहेको बताए । उनले पदमा आइसकेपछि काम गर्नुपर्छ भन्ने सोच अहिलेको टिमका भएको अनलाइनकेन्द्रलाई बताए । कुर्सीमा बसिसकेपछि जिम्मेवारी बहन गर्नुपर्छ भन्ने टिमको मान्यता हो । उनले कोही विदेशी पाहुना आउदा मात्रै सडक चिल्लो बनाउने प्रवृती अव सदाका लागी अन्त्य भएको बताए ।

राजधानीबाहिर यसरी भइरहेको छ लकडाउनमा काम (तस्बिरमा हेर्नुहोस् । )

 

त्रिभूवन राजपथ अन्तर्गत हेटौंडा–भैंसे–लामिडॉडा खण्डमा कालोपत्रै गर्दै मजदुरहरु
त्रिभूवन राजपथ अन्तर्गत हेटौंडा–भैंसे–लामिडॉडा खण्डमा कालोपत्रै गर्दै मजदुरहरु
कोशी राजमार्ग अन्तर्गत देउराली–मुढे खण्डमा कालोपत्रे गर्दै मजदुरहरु
कोशी राजमार्ग अन्तर्गत देउराली–मुढे खण्डमा कालोपत्रे गर्दै मजदुरहरु
महेन्द्र राजमार्ग अन्तर्गत लम्कि–अत्तरिया खण्डमा कालोपत्रे गर्दै मजदुरहरु
महेन्द्र राजमार्ग अन्तर्गत लम्कि–अत्तरिया खण्डमा कालोपत्रे गर्दै मजदुरहरु

संम्बन्धित समचार

Leave a Reply