भारतमा कोरोना संक्रमणदर बढ्दो, भारतमा लकडाउन दुई साता थप्ने तयारी !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ३०, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र ३०, काठमाण्डौ । भारतमा लकडाउन थप्न प्रधानमन्त्री नरेन्द्री मोदी तयार भएका छन् । २१ दिनको लकडाउन पर्सि सकिनैलाग्दा भारतमा थप दुई साता लकडाउन बढाउने तयारी रहेको बीबीसी हिन्दीले जनाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमा प्रधानमन्त्री मोदी लकडाउन बढाउन तयार रहेको जानकारी दिएका थिए । तर, कति दिन बढाउने भन्ने खुलाएका छैनन् । यसको ‍औपचारिक घोषणा मोदीले नै गर्नेछ्न् ।

यता कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले भने दुई हप्तासम्म लकडाउन बढाउने केन्द्र सरकारको तयारी रहेको जानकारी दिएका छन् । केन्द्र सरकारले दुई साता लकडाउन थपेर अप्रिल ३० सम्म पुर्‍याउने तयारी गरिरहेका बेला राज्य सरकारहरुले धमाधम लकडाउन बढाइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस