आइतबार भेटिएका ३ कोरोना संक्रमित,जहाँ गाउँपालिका अध्यक्ष मुखियाले नै नेपाल प्रवेश गराएका थिए २४ जमाती !

Post Thumbnail

चैत्र ३०, पर्सा । भारतीय मिडियामा अत्यधिक नाम लिइएका पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखियाले चैत्र १९ गते नेपाल प्रवेश गराएका २४ तवलिगी जमातीहरु मध्ये ३ जनालाई कोरोना संक्रमण भएको पाइएको छ । संक्रमितहरुलाई नारायणी अस्पताल बिरगञ्जको आइसोलेसनमा राखिएको छ । मुखियाले नेपाल प्रवेश गराएका भारतीय सहितका बिदेशी तवलिगी जमातीहरुलाई छपकैया वडा नम्वर २ को मस्जिद र यतिमखानाको मस्जिदमा राखिएको थियो ।
नेपाल आएदेखि नै विरामी जस्ता देखिएका उनीहरुको अवस्था केहि विग्रिएपछि मात्र उनीहरुलाई २७ गते नारायणी अस्पताल लगिएको थियो ।

अस्पतालमा २४ जनाकै स्वाब परिक्षणका लागि नमुना लिएर हेटौंडा पठाइएको थियो । तिनै २४ मध्ये तीनलाई कोरोना संक्रमण पाइएपछि अहिले बिरगञ्जमा अन्य जमातीहरु पनि हुनसक्ने आशंकामा प्रहरीले खोजी शुरु गरेको छ । यतिमखाना संचालन कमिटीका अलि अस्गर मदनी उर्फ कालानाग र जगरनाथपुरका अध्यक्ष मुखियाले सबै जमातीहरुको बस्ने खानेको बन्दोबस्ती गरेका थिए ।

विरामी भएर अस्पताल ल्याइएका जमातीहरुले भारतमा जस्तै नेपालको अस्पतालमा पनि असभ्य व्यवहार देखाएको अस्पताल प्रसासनले बताएको छ । २४ मध्ये ३ जनालाई अस्पतालमा राखि बाँकी २१ जनालाई सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका उनीहरुले डाक्टर नर्स सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि थुकेको एवं अभद्र व्यवहार गरेको एक स्वास्थ्यकर्मीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस