-पोखरा संवाददाता
बैशाख २,पोखरा । पोखराका नेकपा नेता गुरु दिपक पौडेल हाल कमरेड दिपकको रुपमा परिचित छन् । हक्की स्वभावका उनि लामो समय पठनपाठनमा लागे । जागिर खादै राजनिति पनि गरे । नेपाल शिक्षक संगठनको केन्द्रिय उपाध्यक्ष भए । पार्टीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य भएर काम पनि गरिसकेका छन् । हाल एकतापछि जागीर छाडेर वसेको वेला केही नेताहरुको आर्शिवादका कारण पोखरा महानगर कमिटीको अध्यक्षमा मनोनित पनि भए ।
पार्टीले महत्वपुर्ण जिम्मेवारी दियो । राजनैतिक र शैक्षिक जिवनको यो लामो समयमा उनि पटक–पटक विवादमा तानिएका छन् । उनका विविध खाले सामाजिक र आर्थिक विवादित गतिविधिहरु छदै छन् । यसपटक पनि स्व नेकपा नेता रविन्द्र अधिकारीको मृत्यु पछि कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा उनि खटिएको ठाँउमा विवादमा तानिएका छन् ।
स्रोतका अनुसार उपनिर्वाचनमा पार्टीले कास्कीवाट केन्द्रिय सदस्य, कास्की जिल्ला कमिटिका कार्यालय सदस्यहरु र महानगर कमिटीका पदाधिकारीहरुलाई विभिन्न वडाहरु विभाजन गरि निर्वाचन परिचालन कमाण्डर वनाएर पठाएको थियो । उनि परे पोखरा महानगरपालिका वडा नं. २१ को कमाण्डरमा । जव उनि कमाण्डर भएर उक्त ठाँउमा पुगे स्थानियहरु विरोधमा उत्रिए । विवाद वढ्यो । जसोतसो जिल्ला कमिटी र निर्वाचन परिचालन कमिटीले सामसुम पारे । सवैलाई समेटेर पार्टीको विचार र सिद्धान्त भन्दा वाहिर नजाने प्रतिवद्धता पनि जनाए । तर उनको स्वभाव कहाँ जान्थ्यो र पुरानो शैली दोहोर्याए ।
निर्वाचनको अवधिभर असल आचरणमा रहने, कार्यकर्तालाई परिचालन गर्ने, विपक्षीहरुलाई भरसक मुद्दा कम दिने भन्ने सिद्धान्त रहन्छ सवै दलहरुको । तर उनि यसको ठिक विपरित साझ परेपछि सोमरस र मासुमा भुल्ने, पैसा उठाउने र खाने काममा नै व्यस्त रहे । यस अवधिमा पनि कमाण्डर (उनि) र पार्टी कार्यकर्ताको विचमा झगडा दिनहुँ परि नै रह्यो । त्यहाँपनि सम्झाउने र थुम्थुम्याउने काम त भयोतर उनि भने आफ्नो खिलापमा लाग्नेलाई खेदो खन्ने काममा नै लागी परेको नेताहरु बताउछन ।
जति जति निर्वाचनको दिन नजिक आउछ उनलाई दशै र तिहार एकै पटक आएको भान हुन थल्यो । निर्वाचनको अघिल्लो दिन महानगर कमिटीका अध्यक्ष समेत रहेका कमाण्डर दिपक पौडेल, विक्रम आदित्य सिंहको घर, गिरी गाँउ निर्मलपोखरीमा राति २ वजेसम्म रक्सी र मासु सहित पार्टीका स्थानिय नेताहरु सहित विपक्षहरुसंग मिलेर खाँदै रमाउदै वसेका थिए ।
स्रोत भन्छ-‘कार्यकर्ता मतदाताको सुरक्षाको लागी रातभरी सेल्टर दिएर वसेका थिए । उनि त्यस्तो अवस्थामा । कार्यकर्ताले हल्ला भईरहेको घरमा के रहेछ भनेर हेर्न जाँदा उनि रक्सीले मातिएर विपक्षीहरुसगँ गित गाई वसेको अवस्था रहेको थियो । रिसले आगो भएका कार्यकर्ताहरु दिपक पौडेल माथि जाईलाग्न अगाडी वढे । सगै रहेका अन्य पाका पुराना स्थानिय नेताहरु यो विषय पार्टीको कमिटीमा छलफलको विषय वनाउने र कारर्वाही गर्नको लागी नेताहरुसगँ कुरा गर्ने भनि सम्झाएपछि कुटाई खानवाट जोगिए । भोलिपल्ट निर्वाचन भयो । निर्वाचनमा यस वडावाट नेकपामा राम्रो मत आयो । सवै खुशी भए । निर्वाचनपछि समिक्षा वैठक राख्नको लागी दवाव वढ्यो पैडेलले राख्न मानेनन् । कुराको थप रहस्य खुल्दै गयो । निर्वाचनको लागी कार्यकर्ता र शुभचिन्तकसगँ उठाएको रु ३ लाख ५० हजार भन्दा वढी पैसा पनि हिना विना गरेका रहेछन् । उनले हालसम्म पनि हिसाव देखाएका छैनन् । वडा निर्वाचन परिचालन कमिटीको वैठक राखेर हिसाब सार्वजनिक गर्ने, कमि–कमजोरीको समिक्षा गर्ने, सवै जनसमुदायलाई हार्दिक धन्यवाद दिनुपर्ने र निर्वाचन परिचालन कमिटी विधिवत् रुपमा विघटन गर्नुपर्ने हो । तर उनले गर्न सकेका छैनन् । लामो समय प्रयास गर्दा पनि उनि तयार भएनन् ।’
यस्ता विषयको कुरा र छलफलको लागी पनि कोरोनाको महामारी नै कुर्नपर्यो । पार्टी केन्द्रीय कमिटीले कोरोनाको विरुद्धमा चेतना फैलाउनको लागी कार्यकर्ता परिचालन गर्ने भन्ने निर्देशन अनुसार चैत्र १ गते अगुवा कार्यकर्ताको वैठक वस्यो । वैठकमा यो कुराको छिनोफानो नगरी अगाडी नवढ्ने भनि माग आयो । सो अनुसार ३ गते वडा सचिवालयको वैठक वस्यो । सचिवालय वैठकले ५ गते पुर्ण कमिटीको वैठक वोलाउने र सो वैठकमा दोषी कमरेड दिपक पौडेल र वैठकको प्रमुख अतिथिको रुपमा कास्की जिल्ला अध्यक्ष कृष्ण थापालाई पनि वोलाउने निर्णय गर्यो ।
चैत्र ५ गते वैठक वस्यो । कृष्ण थापा आएनन् । दिपक पौडेल वैठकको विचसम्म आउन मानेनन् । स्थानिय नेता र जिल्लावाट गएका नेताहरुले आउन अनुरोध गरे । उनि वैठकको विच समयमा आए । समय छैन चाँडै जानु छ भनेर जान खोज्दा वैठकमा चर्काचर्की भयो । सवैले उठेको पैसा सार्वजनिक गर्नुपर्यो । विपक्षसगँ वसेर रक्सी खाएकोमा आत्मआलोचना गर्नुपर्यो नत्र तपाईलाई यहाँवाट जान दिदैनौ भन्ने एक स्वरमा आवाज आयो । उनि कालो निलो भए । वैठकमा कार्यकर्तासगँ सामना गर्न नसके पछि उनि वैठकको विचमै भागे ।
स्थानिय पार्टी कार्यकर्ताहरुले नेतृत्ववाट भएको कमजोरीको छानविनको लागी र दोषी उपर कारर्वाही समेत गर्न सक्ने एक शक्तिशाली आयोगको माग गरेका छन् । नेताहरु थुम थुम्याउन व्यस्त छन् । उनि यस पटक मात्र हैन पटक–पटक विभिन्न काण्डहरु मच्चाउने र सहभागी हुने गरेका छन् । उनले माफी मागेको अहिलेसम्म २० औं पटक हुने नेताहरु बताउछन । उनलाई जिल्ला पार्टीले गुटको आधारमा संरक्षण गरिरहेको स्रोत बताउछ । महानगरका अध्यक्ष रहेका दिपक पौडेल र उनको कमिटीको सचिवको विचमा वोलचाल नभएको ६ महिना भन्दा वढि भईसक्यो । वडा नं. १ मा कार्यकर्तालाई अपशव्द वोल्दा झण्डै कुटाई खानुपर्ने स्थिति पैदा समेत भएको नेताहरु बताउछन ।
उनलाई आरोप लागेपछि तपाईलाई भ्रष्ट्रचारको आरोप छ नी भन्ने अनलाईनकेन्द्रको प्रश्नमा नेता पौडलले भने– ‘यो आरोप लगाउने विषय मात्रै हो, चुनावको बेला मेरो जिम्मेवारी पोखरा वडा नम्बर २१ थियो । निर्वाचन सफल बनाउन आर्थिक समिती कृष्ण बहादुर थापाको संयोजकत्वमा समिती निर्माण भएको थियो । मैले त्यही बेला खर्च कम गरेर जानुपर्छ जिल्लाबाट जति सहयोग आयो, आयो अब आउदैन् भनेर मैले भनेको थिए, आर्थिक समितीले ४ वटा बुथको लागि खर्चपानी व्यवस्था गरेको थियो । निर्वाचन सकिएपछि उहाँहरुले ३ लाख ५० हजार खर्च भयो भन्नुभयो । म चिया समेत नखाने मान्छेलाई रक्सीमा पैसा खर्च गर्यो भन्ने आरोप झुट हो ।’ पौडेलले भने–’निर्वाचनपछि मैले वडाको निर्वाचन समितीको संयोजकको हैसियतले जे हो त्यो एकमुष्ट बैठकमा पेश गरेको हुँ अरु मलाई थाहा छैन् । वडा अध्यक्ष र सचिवले जान्ने कुरा हो ।’