नयाँ बर्ष २०७७ सालको मंगलमय शुभकामना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १, काठमाण्डौ । आज विक्रम संवत २०७७ साल वैशाख १ गते, २०७६ साललाई बिदाइ गरेर आज सोमबारदेखि नयाँ वर्ष २०७७ लाई स्वागत गरिएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिंदैछ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ ।
विसं अङ्ग्रेजी पात्रोभन्दा झण्डै ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षेत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार सौर्यमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विक्रम सम्बत हो । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ । सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास पनि रहँदै आएको छ ।

गत बर्षहरुमा बिषेश कार्यक्रमहरु हुनेगरे पनि यो बर्ष कोरोना भाइरस कोभिड १९ का कारण सबै कार्यक्रमहरु स्थगित भएका छन् । अहिले देश लकडाउनको अबस्थामा रहेकाले पनि यो नयाँ बर्ष घरमै रमाईले गरेर मनाउनु पर्ने अबस्था आएको छ । बिश्वभर फैलिएको यो भाइरसलाई परास्त गर्न पनि लकडाउनमा बस्न आबश्यक देखिन्छ । नयाँ बर्ष २०७७ को यो सुखद् अबसरमा हामी हाम्रा पाठक मनहरु तथा सम्पूर्ण शुभचिन्तकहरुमा नव बर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छौ ।

ताजा अपडेट

खोजी गर्नुहोस