बिस्काः जात्रा, बिहानैदेखि बलि दिने र पूजा गर्नेको घुइचो !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ बैशाख १, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाण्डौ । बिस्काः जात्राको प्रमुख आर्षकणको रुपमा रहेको भैलः ९भैरवनाथ०को प्रतीक मानिने लिंगो ल्योसिं उठाउने ठाउँमा बिहानै देखि स्थानीय बासिन्दाले बलि दिने र पूजा गर्नेको घुइचो लागेको थियो । सरकारले कोरोना कोभिड १९ को संक्रमण हुने डरले गत लकडाउन बन्दाबन्दीको अवस्थामा पनि पुजा अर्चना गरेको थियो । कोही कोही भने घरबाटै पनि पुजा गर्ने पनि थियो ।

विगतको जात्रामा जस्तो मान्छेहरुको भिड नभएपनि स्थानिय भने पुजा गर्न र कुखुराको बलि दिन आएको थियो । पहिलेको दाँजोमा १० प्रतिशत पनि भक्तजन नभएको स्थानिय उत्तम देउलाले जानकारी दिए । देउला भने आज भक्तपुर बासीहरुको भोज नखः हुन्छ । नयाँ वर्षको आगमनको दिनमा भैरवनाथ र लिगोको पुजा अर्चना गरि कुखुराको बलि दिएर समय्बजी ९नेपाली परिकार० खानुपर्छ र छोरीबेटीलाई बोलाउने चलन छ । उनले भने, कोरोनाको क्रासको कारण पुजा आउनेहरु धेरै छैन तर नजिकको स्थानिय भने पुजा गर्न आएका छन् । हाम्रो परम्परा हो नमानौ नभेपनि सकेन । देउलाले आफु मास्क लगाएर दुरी काएम गरेले पुजा गरेको दावी पनि गरे ।

यस्तै पुजा गर्न आउनुभएको शर्मिला अवालले पनि आफु सुरक्षित भइ पुजा गर्न आएको जानकारी दिए । उनले आफ्नो आमा सँग पुजा गर्न आएको बताउँदै घर नजिक भएर आएको हो । कोरोनाको क्रास हुँदा हुदैपनि आफु आउनुपरेको छ , भने , हाम्रो आजको दिनमा ल्योसीलाई कुखुराको बली दिएर भोज खानुपर्छ । बर्षो देखि गरेको परम्परा नगरौ भनेपनि सकेन ।

सो स्थानमा पुजा गर्नेको मात्र नभएर तरकारी बजार राख्नेपनि पनि उत्तिकै चहल पहल देखिन्थ्यो । विहान ४ बजेदेखि पुजा गर्न आएको थियो भने धेरै भक्तजनहरु मास्कलगाएको थियो । युवावर्गदेखि बृदबृद्धाहरु रहेको स्थानमा विहान ७ बजे प्रहरी तथा नगरपालिकाको मानिसहरुले घरजान आग्रह गरेपछि हुल बिस्तारै पातलिदै गएको थियो । सचेता र डर क्रास हुदाँ हुदैपनि विहानको पुजा भने गर्न आएको थियो ।

विस्काः जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भेलुखेल ल्योसिंखेलमा ठड्याइन्छ । ५५ हात लामो लिंगो डोरीको सहयताले सयौ युवाले तानेर लिंगो उठाउने गरिन्छ ।

ल्योसिं ठड्याउनुअघि ल्योसिंको कोखा ९टुप्पो०मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त ल्योसिं ठड्याइने प्रचलन रहेको संस्कृतविद् गणेशराम लाछीले जानकारी दिए । उनले त्यही आठ वटा डोरीले आठ कुनामा बसेर ल्योसिं ढालिने पनि जानकारी दिनभयो । उक्त ल्योसिं तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ढालिन्छ ।

ल्योसिंको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध विस्काः जात्राको ल्योसिं हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविदहरू बताउन्छन् ।
ल्योसिं उभ्याइने र ढाल्ने जात्रा नै विस्काःको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । लिच्छवी कालदेखि सुरू भएको प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्काः जात्रा भव्यरूपमा मनाइन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस