बागलुङकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

Post Thumbnail

बैशाख १,बागलुङ। बागलुङमा आइतबार गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ नतिजा आएको ६५ वर्षीय एक महिलाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ आए पनि पीसीआरको पुनस् परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिएका छन् ।

र्‍यापिड टेस्टमा नतिजा पोजेटिभ आएपछि ती महिलाको स्वाब कलेक्सन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो । ‘र्‍यापिड टेस्टमा पोजेटिभ नतिजा आएपछि स्वाब कलेक्सन गरेर राति नै पुनस् परीक्षणका लागि पोखरा पठाएका थियौं,’ उनले भने, ‘त्यहाँ गरिएको पीसीआर टेस्टले भने नतिजा नेगेटिभ देखायो ।’

ताजा अपडेट

खोजी गर्नुहोस