लक्षणबिनै र्‍यापिङ टेस्टमा एकै परिवारका आमा छोरा र बुहारीलाई देखियो कोरोना !

Post Thumbnail

वैशाख २, काठमाण्डौ । काठमाडौँको कागेश्वर मनहरा नगरपालिकाको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई र्‍यापिङ टेस्टमा कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाले विदेशबाट आएका ३६ जनाको नमूना सोमबार मुलपानीस्थित नगर अस्पतालमा परीक्षण गर्दा तीनजनामा पोजेटिभ देखिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनीहरु आमा, छोरा र बुहारी हुन्। तीनै जनालाई तत्कालै पाटन अस्पताल भर्ना गरिएको छ । अब उनीहरुको नमूना पिसिआर प्रविधिबाट जाँच गरेपछि निश्चित गरिने अस्पतालका निर्देशक डा।विष्णु शर्माले बताए । कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाका अनुसार उनीहरु ५ चैतमा लन्डनबाट फर्किएका थिए । उनीहरुलाई लक्षण भने देखिएको थिएन ।

तर, र्यापिङ टेस्ट गर्दा पोजेटिभ देखिएको थापाले बताए। संक्रमण देखिएकाहरुले सेल्फ क्वारेन्टाइनमा बस्दै आएको बताएका छन् । प्रहरीले सोमबारै अर्पाटमेन्टमा शिल गरेको छ। अपार्टमेन्टमा करिब पाँच सय परिवारका १८ सय बस्छन् । अपार्टमेन्टमा कसैलाई पनि भित्रबाहिर गर्न दिइएको छैन ।

अपार्टमेन्टको गेटमा प्रहरी तैनाथ गरिएको छ। भित्र कसैलाई औषधिलगायत सामान चाहिए प्रहरी मार्फत नै उपलव्ध हुने व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले बताए । अपार्टमेन्टभित्रै कार्यक्रम भएको, लिफ्टको प्रयोग हुने र नजिकैको एटिएम बुथ धेरैले प्रयोग गरेकाले भित्र बस्नेहरु त्रसित बनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस