धादिङ जिल्लाबाट निर्वाचित पहिलो सांसद राणाको निधन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ श्रावण २६, शनिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन २६,काठमाडौँ । धादिङ जिल्लाबाट निर्वाचित पहिलो सांसद भरत सम्शेर राणाको ८९ बर्षको उमेरमा निधन भएको छ ।
नेपाली कांग्रेसका पुराना नेता भरतशमशेर राणाको ८९ वर्षको उमेरमा निधन भएको छ।

पारिवारिक श्रोतका अनुसार राणाको कलकत्तास्थित निवासमा शनिबार बिहान निधन भएको हो। शुक्रबार रातिसम्म सक्रिय रहेको र खाना खाएका राणाको शनिबार बिहान निधन भएको हो। प्रजातन्त्र स्थापनापछि भएको निर्वाचनपछि २०१५ सालमा गठित पहिलो संसदमा राणा प्रमुख प्रतिपक्षी नेता थिए।

प्रतिनिधिसभा धादिङ निर्वाचन क्षेत्रबाट उनले विजय हासिल गरेका थिए। गोर्खा परिषद्का महामन्त्री रहेका राणाले राजा महेन्द्रको २०१७ साल पुस १ गतेको कदमपछि आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएर भारत गएका थिए ।

कलकत्तामा रहँदा राणाले थुप्रै बंगाली चलचित्रहरु पनि निर्माण गरेका थिए। नेता राणाका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस