प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न आदेश !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण २७, आईतबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २७,काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ ।

चन्दा संकलनको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि अदालतले थप ३ दिनको समय दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान नसकिएको भन्दै थप १५ दिन म्याद थप गर्न माग गरेको थियो । यसअघि प्रहरीले चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो ।

प्रहरीले खड्कालाई साउन २२ गते दक्षिणकाली नगरपालिका(१ चाल्नाखेलबाट पक्राउ गरेको थियो । हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जना पक्राउ परेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट पनि दायर भएको छ । यस रिटमाथि सर्वोच्चले सोमबारका लागि पेशी तोकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस