‘हामीले रेकर्ड बनायौं, तर बजारमा बेच्न सकेनौं’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण २७, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २७,काठमाडौँ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे जनयुद्धमार्फत नेपालमा विभिन्न रेकर्डहरु बनाए पनि अन्तर्राष्ट्रिय बजारमा यसलाई राम्रोसित बेच्न नसकेको बताएका छन् ।

गृहजिल्ला चितवन आएका बेला शनिबार भरतपुरमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रचण्डले भने- ‘यी रेर्कडहरु ल्याटिन अमेरिकी देश वा युरोपमा बनेका भए के हुन्थे होलान् ?’

पूर्वप्रधानमन्त्री प्रचण्डले आफूलाई नोबेल शान्ति पुरस्कारको दाबेदारका रुपमा समेत प्रस्तुत गरे । उनले त्यसतर्फ संकेत गर्दै भने – ‘एकथरि मान्छेलाई युद्ध र शान्ति प्रक्रियाबाट आएको व्यक्तिलाई विश्व शान्ति दूत बनाउने, नोवल शान्ति पुरस्कार दिने कुरा नराम्रो लाग्न सक्छ । तर, यो आग्रह-पूर्वाग्रहको कुरा हैन, यो ऐतिहासिक तथ्यको कुरा हो ।’

ताजा अपडेट

खोजी गर्नुहोस