निको भएका कोरोनाभाइरस संक्रमितको संख्या पाँच लाख नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख ४, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ४, काठमाण्डौ । कोरोनाभाइरसबाट संक्रमित भएर निको हुनेको संख्या विश्वमा पाँच लाख नाघेको छ। अहिलेसम्म पाँच लाख १० हजार १२९ जना निको भएका छन् । विश्वभर संक्रमितको संख्या २० लाख ८२ हजारभन्दा बढी पुगेको छ । तीमध्ये एक लाख ३४ हजार ६०३ जनाले ज्यान गुमाएका छन् ।

निको र मृत्यु हुनेबाहेक अहिले संक्रिय संक्रमितको संख्या १४ लाख ३८ हजार पुगेको छ। तीमध्ये चार प्रतिशत अर्थात् ५१ हजार जना गम्भीर बिरामी छन् । सबैभन्दा बढी चीनका संक्रमित निको भएका छन् । त्यहाँ अहिलेसम्म ८२ हजार ३४१ संक्रमितमध्ये ७७ हजार ८९२ जना निको भएका छन् । त्यस्तै जर्मनीमा एक लाख ३४ हजार संक्रमितमध्ये ७२ हजार ६०० भन्दा बढी निको भएका छन् । अमेरिकामा भने ६ लाख ४४ हजार संक्रमितमध्ये ४८ हजार ७०० भन्दा केही बढी मात्र निको भएका छन् । दुई लाखभन्दा बढी संक्रमित भेटिएका अमेरिका एक्लो देश हो ।

ताजा अपडेट

खोजी गर्नुहोस