आजको मौसम : आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा

वैशाख ४, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल देशको पूर्वी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसोदेखि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ । २४ घण्टाभित्र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार अहिले काठमाडौं उपत्यकाको भिजिबिलिटी ५ किलोमिटर र तापक्रम १५ डिग्री सेल्सियस रहेको छ । अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । प्रधानांगले पश्चिमी वायु कमजोर अवस्थामा पुगेकाले बिहीबार वर्षा कम हुने बताए । तर शुक्रबारदेखि नयाँ वायुको प्रवेश गर्ने हुनाले सचेत रहन प्रधानांगले बताए । उनले शुक्रबार र शनिबार बढी नै सचेत हुन आग्रह गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply