वार्षिक ४ लाख युवा रोजगारीका लागि विदेशमा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण २७, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २७,काठमाडौँ । करिब ४० लाख युवाहरू यति बेला नेपाल बाहिर विभिन्न काममा रहेको पाइएको छ । देशमा रोजगारीको सम्भावना कम भएपछि वार्षिकरूपमा करिब ४ लाखको हाराहारीमा युवाहरू विदेशिन बाध्य छन् । विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालबाट सरदरमा वार्षिक ४ लाख युवाहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा पसिना बगाउन पुगेका छन् ।

देशमा रोजगारीको प्रशस्त सम्भावना नभएपछि विदेशिनु रहर मात्रै होइन, बाध्यता पनि हो । वर्तमान सरकारले आगामी ५ वर्षमा देशभित्रै ५ लाख रोजगारीको सिर्जना गर्ने भनेको छ । तर विगत १० वर्षमा रोजगारीका लागि नेपालबाट बाहिरिनेको तथ्याङ्क हेर्ने हो भनेचाहिँ यो डरलाग्दो नै छ ।

देश विकासका लागि मुख्य भूमिका खेल्ने बलवान उमेरका युवाहरू (१८ देखि ४५ वर्षसम्म) अहिले पनि विदेशमै छन् । वैदेशिक रोजगार विभागबाट लिइएको तथ्याङ्कमा सामान्य हेरफेर भए पनि त्यसमा खासै परिवर्तन भने भएको छैन । यो त भारतबाहेक अन्य मुलुकमा जाने युवाहरूको सूची हो ।

अझ भिसा लगाउनु नपर्ने भएकाले भारतमा हाल कति युवाहरू काम गरिरहेका छन्, त्यसको तथ्याङ्क नेपाल सरकारसँग पनि छैन । भनिन्छ, भारतमा पनि करिब १० लाख युवाहरू रोजगारीका लागि पसिना बगाइरहेका छन् ।

भारतसहित अन्य देशमा गएर पसिना बगाइरहेका युवाहरूको तथ्याङ्क हेर्ने हो भने काम गर्ने उमेरका आधा जनसङ्ख्या त रोजगारीका लागि विदेशी भूमिमै पसिना बगाइरहेका छन् । बाँकी झण्डै दोब्बर जनसङ्ख्या त्यही विदेशी भूमिबाट आएको रेमिटेन्सको भरमा जीवन गुजारिरहेका छन् ।

नेपाली युवा पुस्ताहरू विदेशको विकास गरिरहेका छन्, देशमा भने पुनर्निर्माणका लागि आवश्यक जनशक्ति पाउनसमेत कठिन छ ।

गत वर्ष मात्रै अफगानिस्तानमा १४ सय ४२ नेपाली पुगे

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७५÷७६ मा नेपालबाट १ हजार ४ सय ४२ जना युवायुवती रोजगारीका लागि अफगानिस्तानमा पुगेका छन् । पटक पटक आतङ्कावादी गतिविधि भइरहने र केही वर्षअघि मात्रै ८ जना नेपालीहरूको हत्या भएकाले सरकारले अफगानिस्तानमा जान कडाइ गर्ने भनेको थियो । तर गत वर्षको तथ्याङ्क हेर्दा भने त्यसमा कुनै कडाइ भएको देखिँदैन ।

गत वर्ष नेपालबाट रोजगारीका लागि भन्दै जम्मा १ हजार ४ सय ४२ युवाहरू अफगानिस्तान पुगेका छन् । तीमध्ये १ सय ३३ जना रोजगारदाता कम्पनीमार्फत् गएका छन् भने १ हजार २ सय ७५ जना व्यक्तिगत श्रम स्वीकृति बनाएर गएका छन् । व्यक्तिगत श्रम स्वीकृति बनाएर जाने १ हजार २ सय ७५ जनामध्ये १ जना महिला पनि छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस