राष्ट्रबैँकलाई नटेर्ने बैँकहरुको दाउ, अझै तिन महिना ब्याजदर नघट्ने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण २७, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २७,काठमाडौँ । उद्योगी व्यवसायीबाट वाणिज्य बैंकहरुले लिँदै आएको कर्जाको ब्याजदर घटाउनुपर्ने व्यवसायीले बारम्बार माग गर्दै आएका छन् । तर, बैंकर्सहरुले अहिलेसम्म ब्याज घटाउन मानिरहेका छैनन् ।

अहिले बैंकहरुले ११ प्रतिशतसम्म निक्षेपमा ब्याज दिने गरेका छन् । तर, कर्जाको ब्याजदर भने उनीहरुले १६ प्रतिशतसम्म लिने गरेका छन् ।

बैंकरहरुले तत्काल ब्याजदर घटाउन नसकिने बताएसँगै दशैंअघि ब्याज नघट्ने पक्का भएको छ । तर, वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउन नसक्ने बताएपछि उद्योगी व्यवसायीहरु रुष्ट बनेका छन् ।

तत्कालै व्याजदर घट्ने सम्भावना कम रहेको नेपाल बैंकर एशोसिएसनका निवर्तमान अध्यक्ष एवं नबिल बैंकका सीईओ अनिलकेशरी शाह बताउँछन् ।

निक्षेपको ब्याज दरले कर्जाको ब्याजदर निर्धारण हुने र पुरानो बचत भएका कारण ब्याजदर घट्न केही समय लाग्ने बैंकर शाहले बताए ।

‘ब्याजदर निर्धारण गर्ने भनेको निक्षेपको आधारले हो, गत वर्ष निक्षेप लिने क्रममा १२ प्रतिशतसम्म ब्याज तिरेर एक वर्षदेखि कति बैंकहरुले २र३ वर्ष सम्मका लागि पनि लिएका छन् ।’ शाहले भने, ‘कर्जाको ब्याजदर घट्न निक्षेपको पनि ब्याज कम हुनुपर्ने हुन्छ, कर्जाको ब्याजदर घट्न अझै एक क्वार्टर ९३ महिना० पर्खनैपर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस