(कोरोनाअपडेट) विश्वभर १ लाख ४२ हजार भन्दा धेरैको मृत्यु, कुन देशमा कति ? हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ५, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख ५, काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीबाट यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ४२ हजार ६२४ जनाको ज्यान गएको छ भने २१ लाख २८ हजार ५५६ जनालाई संक्रमण भएको छ । त्यस्तै कोरोनाको महामारीबाट ५ लाख ३९ हजार संक्रमित निको भएका छन् ।

अहिलेसम्म विश्वमा ५७ हजार ४०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ३३ हजार ४१६ जनाको ज्यान गएको छ भने ६लाख ५३ हजार ७५१ जनाकलाई संक्रमण भएको छ । त्यस्तै आजमात्रै त्यहाँ ८२८ जनाले ज्यान गुमाएका छन् भने आजै त्यहाँ ५ हजार ६०३ जना नयाँ संक्रमित पाईएका छन् । त्यस्तै अमेरिकामा १३ हजार ५१६ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा १९ हजार १३० जनाले ज्यान गुमाएका छन् । आजमात्रै त्यहाँ ३१८ जनाको महामारीका कारण मृत्यु भएको छ भने आज नै त्यहाँ २ हजार १५७ नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै संक्रमितको संख्या स्पेनमा १ लाख ८२ हजार ८१६रहेको छ भने ७ हजार ३७१ को अवस्था गम्भीर रहेका छ । त्यस्तै इटालीमा अहिलेसम्म २२ हजार १७० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ६८ हजार ९४१ रहेको छ ।

आजमात्रै इटालीमा थप ३७८६ जना नयाँ संक्रमित आज थपिएका छन् भने आज मात्रै त्यहाँ ५२५ जनाको ज्यान गएको छ । त्यहाँ २ हजार ९३६जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा अहिलेसम्म १ लाख ४७ हजार ८६३ जनालाई संक्रमण हुँदा मृतकको संख्या १७ हजार १६७ पुगेको छ । त्यहाँ ६ हजार ४५७ को अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा आज मात्रै ९१० नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ६३ जनाको मृत्यु भएको छ । यो सहित त्यहाँ महामारीबाट ज्यान गुमाउनेको जम्मा संख्या ३ हजार ८६७ पुगेको छ भने संक्रमितको संख्या १ लाख ३५ हजार ६६३ रहेको छ ।साथै जर्मनीमा ४ हजार २८८ को अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा अहिलेसम्म १३ हजार ७२९ जनाको ज्यान गएको छ । आज मात्रै त्यहाँ ८६१ जनाको ज्यान गएको छ भने ४ हजार ६१७ नयाँ संक्रमित थपिएका छन् ।
बेलायतमा १५१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने त्यहाँ जम्मा संक्रमितको संख्या १ लाख ३ हजार ९३ रहेको छ ।

त्यस्तै चीनमा ८२ हजार ३४१ जनालाई संक्रमण भएको छ भने ३,३४२ जनाको मृत्यु भएको छ । आजमात्रै त्यहाँ ४६जना नयाँ संक्रमित थपिएका छन् भने ९५ को अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा अहिलेसम्म ७७ हजार ९९५ जनालाई संक्रमण भएको छ भने ४ हजार ८६९ जनाको मृत्यु भएको छ । आजमात्रै त्यहाँ ९२ जनाले ज्यान गुमाएका छन् भने १६०६जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म ईरानमा ३ हजार ५९४ को अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा ७४ हजार १९३ जनालाई संक्रमण भएको छ भने १,६४३ जनाको ज्यान गएको छ ।
यो समाचार तयार पार्दासम्म त्यहाँ आज मात्रै १२५ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ८०१ जनालाई आज मात्रै कोरोनाको संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ १,८५४ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बेल्जियममा अहिलेसम्म ४ हजार ८५७ जनाको ज्यान गएको छ भने ३४ हजार ८०९ जनालाई संक्रमण भएको छ ।

१२३६ नयाँ संक्रमित आज मात्रै त्यहाँ थपिँदा आजै ४१७ जनाले ज्यान गुमाएका छन् भने १,१८२ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म २९ हजार १६५ जनालाई संक्रमण भएको छ भने ३ हजार ३१५ जनाको ज्यान गएको छ । आज मात्रै त्यहाँ १ हजार ६१ नयाँ स्ंक्रमित थपिँदा आजै १८१ जनाले ज्यान गुमाएका छन् ।
त्यहाँ १२७९ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै ब्रजिलमा अहिलेसम्म १७६४ जनाले ज्यान गुमाएका छन् भने २९ हजार १६५ जनालाई संक्रमण भएको छ ।

त्यहाँआज ७ जनाले ज्यान गुमाएका छन् भने ५५५ नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा ६ हजार ६३४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४८ पुगेको छ भने संक्रमितको संख्या २८ हजार ८९३ रहेको छ । त्यहाँ आज मात्रै ५१४ नयाँ संक्रमित थपिएका छन् भने आज ३८ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ५५७ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १२८१ जनाको ज्यान गएको छ भने २६हजा् ७३२ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ ४२ जनाले ज्यान गुमाउँदा आजै ३९६नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ ३८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्विडेनमा अहिलेसम्म १,३३३ जनाले ज्यान गुमाएका छन् भने १२ हजार ५४० जनालाई संक्रमण भएको छ ।

आज मात्रै त्यहाँ १३० जनाले ज्यान गुमाएका छन् भने ६१३ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यस्तै छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म ४२३ जनाको ज्यान गएको छ भने १२ हजार ७५९ संक्रमित रहेका छन् ।
आज त्यहाँ थप १ जनाको ज्यान गएको छ भने संक्रमित ३८९ जना थपिएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा आजमात्रै ४२ हजार २१९ नयाँ केस थपिएका छन् भने आजै ४ हजार १३ जनाको ज्यान गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस