कथा : प्रायश्चित पश्चताप

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७७ बैशाख ५, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

केशव रिमाल सुनसरी इटहरी
अन्तत हारेँ मैले गौरीलाई बचाउन के के सम्म गरिन ? तीन महिना थला परि रातोदिन को ऐय्या आत्था प्रत्येक सेकेन्ड उ जति पीडामा रुन्थी चिच्याउथी मलाइ त्यति नै पोल्थियो कति जाउलो खोलेमा हाले कति भोकै बसिउ जति राती हुन्थियो त्यति चिच्याएर रुन्थी धामी झाक्री देबि देउता डाक्टर वैद्य के के सम्म गरिन गाउभरिकि दरि मान्छे भक्लक्क ढले पछि उठिन मान्छेले परे पछि जस्तो पनि सहनु पर्दो रहेछ यो अभागिलाइ सास पनि गैहाल्दैन उस्को पीडा देख्नु अघि मेरो सास किन जादैन ?

पुषको ठन्डी रातभरि कङ्कल्शब्द गरेर रोइ मेरो काख सबै हिलै भयो उसको र मेरो आशुले उज्यालो हुन पाएन मेरै काखमा परान छाडी गौरिले घाटिमा ऐठन भए जस्तो भयो सबै रातो अँध्यारो भयो आखामा अनि चकमन्न कुले ले बोलाउदै रैछ मधुरो देखे जिउ सबै पानीले भिजेको रैछ टाउको पनि ल्याफ्फै भएछ । कङ्ल्याङ कुङ्लुङ मान्छे कराए बाहिर काखमा भएकी गौरिलाइ बाहिर तुलसाको मोठमा अघि कात्रोमा बेरे तेर्स्याएको रहेछ छेउमा अगरबत्ती बालेको बासका भाटा चिर्दै गरेका मट्याङ्रे र असिने गाउभरिका आइमाइ लेग्ने मान्छे केटाकेटी आगन भरी । मास्टरले कानमा आएर सोधे जिवने लाई खबर गरेको छ । उ आएपछि मात्रै लैजाउ होइन ? मैले मुन्टो हल्लाए लामो सास फेरे डाको छोड्न आएछ मान्छेले वरिपरि छोपे अनि सम्झाउन थाले बिधिको बिधान हो नरुन रोएर प्राण फिर्ता आउदैन टाउको भारी भयो आवाज बन्द घाँटी हिक हिक अनि आँखा एकोहोरो छोरो जिवने लाई अजात ल्याइस भनेर गाली गरेदेखी घर आएको थिएन ।बुहारी ले पनि आगन टेकेकी थिइनन । एक्छिन पछि जिवने बुहारी र नातिनी आएपछी लास उठाए घसृदै घसृदै कसरी खोलामा पुगे कसरी सत्गती भयो कसरी घर आए सम्झना छैन बाटामा क कस्ले समाएर डोर्याए स्मरण छैन । १४ बर्सकी थिइ मैले बिहे गरेर ल्याउदा गौरी मलाइ बिछ्ट्टै माया गर्थी जति काम को लछारो भए पनि मेरो ख्याल राख्न छोड्दिन थिइ धेरै ती कुरा सम्झिन चाहान्न मरिहाल्छु कि मुटु फुटेर जस्तो हुन्छ । मरिहाल्न पनि नसकिने रहेछ । सन्सार चकमन्न पारेर गैकाज किर्या सकेपछी गाउकाले जिवने लाई बाउलाइ सङै लैजाउ अब खेती पाती अध्या कुतिया लगाओ अब एक्लै छोड्न हुन्न भनेर करकाप गरे ।हामी पनि सागुरो घरमा छौ पाहुना पाछा आउदा एउटा कोठा चाहिहाल्छ कहाँ राख्नु भन्दै बुहारी बम्किदैथिइन जिवने ले चिमोटे पछि चुप्प लागिन मनमा नमिठो भयो गाउका सबैले फेरि करकाप गरे जिवनेले लु ठिक ठाक पर्नु गाडी छुट्छ फेरि भनो ।

गाई बस्तु के गर्छस मैले सोधे । भगिमान काका लाई दर दाम गरेर दिएको भनो । म भित्र छिरे कालो कोठरी जस्केको खोले गौरी र मेरा आशुको लत्का लागेको गुजुल्टो परेको सिरक हामी रातभरि रातभरि रोएको ओछ्यान रातो माटोले पोतेको भित्ता कुप्पी राख्ने खड्पल भक्कानिदै कन्तुरमा मेरा थोत्रा थाम्रा खादे अनि माथी पट्टि गौरी र मेरो उहिलै दशै मा खिचिदिएको फोटो दौरामा पोको पारेर हाले ।फोटो मा गौरी हासिरहेकि थिइ म पनि । त्यो घर आगन बस्तुको थलो कटेरो करेसा बासघारी जिन्दगिको ७१ बर्स बिताएको माटो छोडेर कहाँ जादैछु । के हुदैछ केही पत्तो थिएन आफ्नै छोरो बुहारी र नातिनी सङै भएर पनि एक्लो भएको महसुस भैरहेको थियो शहर पुगियो झिलिमिली आवतजावत भिड्भाड भएपनि मेरो सन्सार सुनसान थियो ।

यहि सुत्नु आजदेखी बुहारिले भान्साको भुइमा ओछ्यान लगाइदिइन रातभरी निन्द्रा परेन मनमा के के कुरा खेलिरह्यो ।जिवने त्यति बोल्दैन थियो सायद उस्लाइ पनि आमाको शोक परेको होला ।बिहानका रातिनै उठेर मर्निङ वाक जान्थियो आउथियो लुगा फेरेर खाना खाएर अफिस जान्थियो ।साझमा आउथियो नातिनी लाई गृहकार्य गराउथियो । एकछिन टेलिभिजन हेर्थियो ।अनि सुत्थियो।भात खादा सङै हुन्थिउ बोल्नै परे बोक्रो बोक्रो बोल्थियो । बुहारी बोल्दै बोल्दिन थिइन बोलिहालिन भने पनि तितो मात्रै । नातिनी छुट्टिको दिन दिन्भरी म सङ झ्याम्मिन्थी चल्थी जिस्किन्थी कहिले चस्मा तानेर कुथ्थी कहिले राधे राधे लेखेको गाम्छा बोकेर बालक लाई के थाहा मेरो मनको डढेलो ।कुति कुति लाएर हास्नु न बुवा हास्नु न भन्थी अनि आफै खित्का छोडेर हास्थी । नातिनी स्कुल गएको दिन बुहारी र म मात्रै घरमा हुन्थेउ दिनभरी म पेटि मा घरको छ्तमा बस्थे टहलिएर बिहान बेलुका यसो पात्रो पल्टाउथे दिन महिना समय यस्तै बितिरहेको थियो ।

दिउँसो दिउँसो प्राय एउटा लामो कपाल पालेको जिवने भन्दा अलिक कान्छो देखिने केटो भटभटे लिएर आउथियो । अनि बुहारी सङ कोठामा दिन भरी बसेर जान्थियो । उनिहरु इतृन्थे खिलखिलिन्थे ।मैले एक्दिन बुहारीलाई सोधे । बुहारी को हो त्यो बाबू ? किन खोजी चाहियो मेरो फुपुको मितिनिको छोरा हो झर्केर भनिन म केही बोलिन ।

ढोका बाट छिर्ने बितिक्कै बैठक कोठा थियो बैठक कोठाको उतापट्टि भान्सा ।भन्सा मा सानो झ्याल ,झ्यालको उता छोरा बुहारी सुत्ने कोठा ,बैठक कोठाको अर्को पट्टि पाहुना सुत्ने कोठा थियो ।त्यहा राखन धरन पनि राख्ने गरेको थियो । गौरिको फोटो हेरै कहिलेकाही रुन मन लाग्थियो रोइसकेपछि मन हलुका हुन्थियो।गौरी मलाइ जेल भित्र बसे जस्तो लाग्छ । हाम्रो छोरो जिवने नाम र अनुहार मात्रै त्यो हो मान्छे अर्कै भएछ भन्न मन लाग्थियो कति मेरा गुनासा सुनाउन मन लाग्थियो मेरो आवाज उस्ले सुन्दिन आखिरी आफै भक्कानिन्थे । एकदिन बुहारिले रुदै गरेको देखिछिन । किन पिल्पिल गरेको पितुर्के बूढो मान्छेले देखे भने के भन्छ्नरुरुहाम्रो इज्जत छैन खान देकै छ बस्न देकै छ भाडा मागेको छैन क्यारे रोएर हाम्रो इज्जत किन खोलेको अब फेरि रोएको देखु त अनि म के गर्छु भनेर कराइन । मुटुमा झन गाठो पर्यो रुन पनि नपाउनु हास्न पनि नसक्नु यो कस्तो जिन्दगी आफैले आफैलाइ धिक्कारे ।

२०७४ साल फागुन २ गते बिहान ११ बजे तिर म छ्त माथी बाट यसो रमिता हेर्दैथिए फेरि त्यो केटा घरमा छिर्यो । हातमा रङिन पलास्टिक को पोको बोकेको थियो । एक्छिन पछि अलि कस्तो कस्तो आवाज आयो तल बाट तल ओर्लिएर भान्सा को छेउको झ्यालबाट भित्र हेरे । त्यो केटा र बुहारीलाई मैले आपतिजनक अबस्थामा देखे । त्यस्तो दृस्य देख्नु अघि मेरा आँखा किन फुटेनन म किन जमा रहेको बिस्रान्ती बृद्दाआस्रम मा छिरे म ।

किन किन मलाइ वृद्धआस्रम स्वर्ग जस्तो लाग्यो ।कालले नदेखुन्जेल यहि बस्छु भन्ने अठोट गरे ।धेरै म जस्ता बुढा पाका रैछ्न दुख सुखका बात मार्दै बस्थेउ ।साहारा बिहिन हरुको थलो रहेछ त्यो । पर्सिपल्ट बिहानको खाना खाएर ओछ्यानमा गौरी र मेरो फोटो हेर्दै ढल्किएको थिए । ढोका ढ्याक ढ्याक गर्यो । ढोका खोले ४ जना पुलिस आएका रहेछ्न । बाजे हरि शरण चापागाइ तपाईं हो एउटा ले सोध्यो । हो त बाबू म नै हो त किन सोध्नुभयो भने । एउटाले भन्यो तपाइलाइ बुहारी करणी को आरोपमा उजुरी परेको छ ।हिन्नुस हामी सङ हामी पक्राउ गर्न आएका।हात्खुट्टाले ठाउँ छोड्यो।निधार भरी पसिना आयो ।मैले सोधे उजुरी चाहिँ कस्ले हालेको बाबू ? तपाइको छोरा जीवन चापागाईंले । झनै आकाश खसे जस्तो भयो ।टाउको फुट्ला जस्तो । बाबू म तपाईं हरु सङ जान्छु तर म एकपटक चर्पि गएर आउछु नि ल भने । उनिहरु मानेनन हात जोडेर बिन्ती गरे बल्ल बल्ल माने त्यस्पछी मन्दिर थियो वरिपरि आँपको बगान अलि पर बगर थियो त्यहा पिसाव गरे छेउमा बगिरहेको थियो निलो तमोर नदि बेग सङ एकपटक खुइय गरे गौरी लाई सम्झिए ।मन मनै म आउदैछु गौरी त सङै भने अनि तमोरको निलो नदिमा हामफाले आँखा चिम्लिएर । नाक र मुख कान बाट पानी छिरो सास फेर्न गारो भयो हर्याक हर्याक भएर छट्पटिए ।पानीको बेगले ढुङा मुढा मा ठोक्काउदै हुत्याएर बगायो । जिउ बेस्सरी खपिनसक्नु भएर दुख्दै थियो । त्यसपछि चकमन्न….निन्द्रा बाट बिउझिए जस्तो भयो।अगाडि एउटा मानिस उभिरहेको थियो।मैले सोधे बाबू को हो ? म कहाँ छु ? उस्ले भन्यो बुवा म सन्ते माझि हो।तपाइलाइ नदिमा बेहोस चोटै चोट को अबस्थामा भेटेर ल्याएको । औषधि गरेर आज २१ दिनमा निको भएर होस आयो तपाइको । तपाईं को हो ? घर कहाँ होरुकसरी नदिमा पर्नु भयो ?

मैले सबै बृतान्त सुनाए उस्लाइ आखाभरी आँसु भयो उस्को पनि मेरो पनि । उ टुहुरो रहेछ।उस्को परिवारले सारै माया गर्ने थाले मलाइ भगवान जस्तै गर्थे उनिहरुको माया,आधार, सम्मान र सत्कारले म हर्सका आँसु खसाल्थे अनि सम्झिन्छु आखिर जात भात केही रैन रैछ मनको भ्रम मात्रै आफ्नु जातको भएपनी आफ्नु छोरो जिवने र अजात भए पनि सन्ते माझी आखिर जात भनेको के रहेछ र ? माझि नै मलाइ देउता भएको छ आज । अनि फेरि सम्झिन्छु सन्तान भनेको के हो ? कस्लाइ छोरा भनौ जिवने लाई कि सन्ते लाई ? कस्लाइ बुहारी भनौ जिवने को श्रीमती कि सन्तेकि ? आफुले जन्म दिएको हुर्काएको साइनो मात्रै सन्तान हो कि आफुलाइ माया ,आदार,ममता,सत्कार र बुढेसकाल मा साहारा दिने सन्तान हो ? सन्तान को कर्तव्य को होरुरुआज पनि यो प्रश्न यक्षप्रश्न बनेको छ मनमा प्रायश्चित पश्चताप !

ताजा अपडेट

खोजी गर्नुहोस