कोरोना रोकथाममा चुनौति थपियो, निको भएकाहरुमा फेरि संक्रमण देखिँदै !

वैशाख ५, काठमाण्डौ । कोरोना भाइरसबाट एकपटक संक्रमणमुक्त भएका मानिसमा फेरि भाइरसको संक्रमण देखिएपछि रोग नियन्त्रणमा चुनौति थपिएको छ । दक्षिण कोरियाली अधिकारीहरुले यसको कारणबारे अध्ययन गरिरहेका छन् । यस्तो संख्या निकै कम छ, तर बढ्दो छ ।

विज्ञहरुका अनुसार पुन संक्रमण, रिल्याप्स र अस्थिर परीक्षण यसका मुख्य कारण हुनसक्छन् । रोग नियन्त्रण तथा रोकथामका लागि कोरिया केन्द्र केसिडिसी का अनुसार बिहीबार दक्षिण कोरियामा कोरोनामुक्त भइसकेका १ सय ४१ जनामा फेरि संक्रमण भेटिएको थियो ।

पुनः संक्रमण वा रिल्याप्स ?
फेरि संक्रमण भएको भए यो सबैभन्दा ठूलो चिन्ताको विषय हुनेछ किनकी एकपटक संक्रमण भइसकेपछि मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुने अनुमान गरिएको छ, तर केसिडिसी र विज्ञहरु दुबैले यस्तो हुने सम्भावना नरहेको बताएका छन् ।
बरु, कुनै किसिमले भाइरस रिल्याप्स वा रि–एक्टिभेसन ९पुन सक्रिय० भएको हुनसक्ने केसिडिसीले जनाएको छ ।

विज्ञहरु भन्छन्, रिल्याप्सको अर्थ केही समयसम्मका लागि भाइरसको कण निष्क्रिय भएको हुनसक्छ, त्यस्तै केही बिरामीमा निश्चित अवस्था वा रोग प्रतिरोधी क्षमता कमजोर हुँदा भाइरस फेरि उनीहरुको प्रणालीमा ब्युँतिएको हुनसक्छ ।

यसअघि चीन र अमेरिकामा भएको अध्ययनले नोबेल कोराना भाइरसले टी लिम्पोसाइटस् टी सेल्स बिर्गानसक्ने जनाएको थियो, टी सेल्सले मानिसको प्रतिरोधी प्रणाली र संक्रमणसँग जुध्ने क्षमतामा महत्वपूर्ण भूमिका राख्छ । कोरिया युनिभर्सिटी कलेज अफ फार्मेसीका भिरोजोलिस्ट किम जियोङ की उपचारपछिको रिल्याप्स हातले थिचिएको ‘स्प्रिङ’ जस्तै प्रक्रिया रहेको बताउँछन् ।

‘जब तपाईले स्प्रिङलाई दबाउनुहुन्छ यो सानो बन्छ । अनि जब हात झिक्नुहुन्छ यो फेरि माथि आउँछ,’ उनले भने । बिरामीमा पुन संक्रमण नभएर रिल्याप्स नै भएपनि यसले भाइरस फैलनबाट गरिने नियन्त्रण कार्यमा चुनौती थप्नसक्ने विज्ञहरुले औल्याएका छन् । ‘निको भएर संक्रमण फेरि ब्युँतिएका बिरामीले तेस्रो व्यक्तिमा रोग सारेका घटना दक्षिण कोरियाली अधिकारीले भेटेका छैनन्, तर यदि यस्तो संक्रमण प्रमाणित भयो भने त्यो भयङ्कर समस्या हुनेछ,’ चुङ आङ विश्वविद्यालयका प्रोफेसर तथा भ्याक्सिन विकासका विज्ञ सिओल दाई डुले भने ।

सीमित परीक्षण
दक्षिण कोरियामा ४८ घण्टाभित्र दुईपटक परीक्षण गर्दा पोजेटिभ नभेटिएका बिरामीलाई भाइरसमुक्त भन्ने गरिएको छ । यहाँ प्रयोग हुने आरटी र पिसिर टेस्ट सामान्यतया सही मानिन्छ । तर विज्ञहरुका अनुसार थोरै संख्यामा गलत वा अनियमित नतिजा आउनसक्ने संभावना छ ।

‘आरटी–पिसिआर परीक्षण ९५ प्रतिशत सही देखिएको छ । यसको अर्थ यहाँ २ देखि ५ प्रतिशत घटनामा फल्स नेगेटिभ वा फल्स पोजटिभ देखिएका छन्,’ किमले भने । रोयटर्स

संम्बन्धित समचार

Leave a Reply