बेलायतमा लक डाउन ३ साता लम्ब्याइयो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख ५, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ५, काठमाडौं । बेलायतमा लक डाउनको समय ३ साता थप गरिएको छ । बेलायती विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस कोभिड १९ थप फैलिन नदिन कम्तीमा ३ साता लक डाउन अवधि लम्ब्याउने घोषणा गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले अहिले नै लक डाउन खुकुलो बनाउनु जोखिमपूर्ण हुने निर्णयमा सरकार पुगेको बताएका हुन् ।

तत्काल लक डाउन खोल्दा मानव स्वास्थ्य र अर्थतन्त्र दुवैमा थप नकारात्मक असर पर्ने देखिएको उनले उल्लेख गरेका छन् । अझै पनि कोरोना भाइरसको संक्रमण दर अपेक्षाकृत रुपमा नघटेकाले लक डाउन थप्ने निर्णय भएको विदेश मन्त्री राबले बताए । प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा गरिरहेका छन् । बेलायत गएको मार्च २३ देखि लक डाउनको अवस्थामा छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस