नेपालमा कोरोना संक्रमित ३० पुग्यो, आज संक्रमित १४ जना पुरुष: स्वास्थ्य मन्त्रालय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ५, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ५,काठमाडौँ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले शुक्रबार एकैदिन १४ जनाको कोरोना संक्रमण भएको बताएको छ । मन्त्रालयले भनेको छ –हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टी भएको संख्या ३० पुगेको छ ।

जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ । ३० मध्ये १२ जना संक्रमित उलयपुरका रहेको जनाइएको छ । ती सबै पुरुष रहेको मन्त्रालयले बताएको छ । उनिहरुको उमेर क्रमश. ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय रहेको छ ।

उदयपुरका संक्रमित सवै भारतीय रहेको बताइएको छ । उनिहरु मस्जिदमा लुकेर बसेका थिए । मन्त्रालयको अनुसार अन्य दुईजना संक्रमित चितवनका रहेका छन । ती दुवैजन पनि पुरुष नै रहेको मन्त्रालयले बताएको छ । उनिहरुको उमेर २७ र ६३ बर्ष रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस