भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८० पुग्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख ६, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ६, काठमाण्डौ । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या पनि झण्डै एक हजारले थपिएको छ पछिल्लो २४ घण्टामा । अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ । त्यसमध्ये १९ सय ९१ जनालाई भने निको भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस