डब्ल्यूएचओको डरलाग्दो प्रक्षेपण-‘अफ्रिकामा ६ महिनाको अवधिमा कोरोना संक्रमित १ करोड पुग्न सक्छन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ६, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ६, काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओ अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अहिलेको अवस्थामा यो संख्या आंकलन गरिएको बताए । तर यो संख्यामा केही परिवर्तन हुनसक्ने उनको भनाइ छ ।

यसअघि अफ्रिकामा इबोलाको महामारी फैलिँदा डब्ल्यूएचओले गरेको अनुमान मिलेको थिएन ।
त्यतिबेला मानिसहरुले आफ्नो बानीमा परिवर्तन गरेको कारण सबैभन्दा खराब अवस्था आउनबाट बचेको भन्दै याओले अहिले पनि त्यो अवसर रहेको बताए । अहिलेसम्म अफ्रिकामा १७ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । भाइरसको कारण अफ्रिकामा करिब नौ सय मानिसको मृत्यु भइसकेको छ । अन्य क्षेत्रको तुलनामा यो केही कम हो । तर, अफ्रिकाको कमजोर स्वास्थ्य सेवाको कारण यो भाइरसको संक्रमण केही दिनमै ह्वात्तै बढ्नसक्ने आशंका छ ।

ताजा अपडेट

खोजी गर्नुहोस