कोरोनाबारे मार्मिक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ बैशाख ७, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

काठमाडौं । संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बारेमा जनचेतनामूलक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक भएको छ । ‘कोरोना भाइरसबाट आफूपनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश दिन टी–टाइम म्युजिकले उक्त गीत यूट्युवमार्फत सार्वजनिक गरेको हो । पत्रकारसमेत रहेका हेमन्त आचार्यले शब्द सिर्जना गरेको उक्त गीतमा ईन्द्र जि.सी र लक्ष्मी आचार्यले स्वर दिएका छन् ।

गीतको परिकल्पनाकार भने रामप्रसाद बस्याल हुन् । कोरोनाको सन्त्रासका कारण आधा संसार लकडाउनमा रहेको बेलामा विदेशमा रहेका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीबीचको वार्तालापलाई गीतमा निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कामको सिलसिलामा हाल साउदी अरेवियामा रहेका सर्जग आचार्यले लकडाउनकै समयमा गीत रचना गरेको जनाएका छन् ।

अप्रिल १५ मा प्रिमियर गरिएको उक्त गीत दुई दिनमा करिब ५ हजारले हेरेका छन् । कोरोना भाइरसको सन्त्रासमा रहेका नेपालीलाई गीतले सकारात्मक सन्देशका साथै नयाँ उर्जा भर्ने टी–टाइम म्युजिकको विश्वास छ । गीत बजाएर आफ्नो घर वा कोठामा मज्जाले नाचेर तनाव कम गर्न सकिने दाबी पनि म्युजिक कम्पनीको छ ।

मार्मिक र पीडाभावले भरिएको गीतलाई रोमाञ्चक कोणबाट प्रस्तुत गरिएकोले सेल्फ क्वारेनटाइनमा बसेका करोडौँ दर्शक तथा स्रोताको मन जित्ने कम्पनीको विश्वास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस