कोरोनाबाट बच्न ‘घरमै बसौं न’ सन्देशमुलक गीत बजारमा (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ बैशाख ७, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

काठमाडौं । डीएआर मुभिज एण्ड फिल्मस प्रालि.ले ८ बर्षीय गायिका आभा आरको आवाजमा रहेको गीत ‘घरमै बसौ न’ बजारमा ल्याएको छ । गीतमा कोरोना भाइरसले विश्व आक्रान्त पारेको अवस्थामा सरकारले जारि गरेको लकडाउन पालना गरि घरमै बसी सुरक्षित रहन सन्देश दिईएको छ । गीतको शब्द संगीत प्रभावन जे को रहेको छ भने बाल गायिका आभा आरलाई प्रभावन जे ले स्वरमा साथ दिएका छन् ।

भिडियोमा गोविन्दराम दाहाल, इश्वरी उपाध्याय, श्रीराम दाहाल, याषा कोइराला, रमा दाहाल, आभा आर, दिपेश गौतम र दिपा गौतमले अभिनय गरेका छन् । भिडियोको सम्पादन कृष्ण गौतम ले गरेका छन् । डीएआर मुभिजका संचालक सदस्य राजाराम गौतमले अरु कोहि साना नानीहरुले पनि यो गितमा आफ्नो मोबाइल भिडियो बनाएर पठाए उनीहरुको भिडियोलाई कम्पनिको औपचारिक पेज र च्यानलमा राखी प्रबर्द्धन गर्ने जानकारी दिएका छन् । हेरौं गीतको भिडियो :

ताजा अपडेट

खोजी गर्नुहोस