आजको मौसम : हावाहुरी सहित पानी पर्ने सम्भावना !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ बैशाख ७, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख ७, काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको महाशाखाले आइतबार जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

पूर्वानुमानको अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली हुनेछ । यस्तै, पहाडी भूभागका केही स्थान र तराईका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । आइतबार रातिको पूर्वानुमानमा भने पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, तराईका भू–भागमा आंशिक बदली रहने र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस