श्रमिकलाई लकडाउन अवधिको पूरै पारिश्रमिक दिने सहमति !(हेर्नुहोस् निर्णय)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ८, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ८, काठमाण्डौ । औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूलाई लकडाउन अवधिको पारिश्रमिक दिन निजी क्षेत्र र श्रमिकहरूको छाता संगठन र सरकारबीच सहमति भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आयोजनामा आईतबार मन्त्रालयमा भएको छलफलमा यस्तो समझदारी बनेको मन्त्रालयकी सहायक प्रवक्ता एवम् उपसचिव उर्मिला केसीले जानकारी दिईन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका प्रतिनिधिहरू बैठकमा सहभागी भएको मन्त्रालले जनाएको छ । यस्तै, बैठकले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर फर्केका युवालाई उत्पादनशील र उद्यमशीलतामा सहभागी गराउनेबारे अध्ययन गर्न कार्यदल पनि गठन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस