आजको मौसम : साँझपख मेघगर्जनसहित असिनापानी पर्ने सम्भावना !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ बैशाख ८, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख ८, काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम सामान्तया सफा रहने महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही स्थानहरुमा साथै पूर्वी तराईका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस