सिमा नाकामा बन्द कायम राख्दै लकडाउनलाई ठाउँ अनुसार खुकुलो गर्ने सरकारको तयारी

बैशाख १०,काठमाडौँ । नोबेल कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर जारी गरेको लकडाउन अर्थात् बन्दाबन्दीलाई ठाउँ अनुसार परिमार्जन गर्ने भएको छ ।

चौथो चरणबाट परिस्थिति हेरेर कार्यान्वयन गर्नेगरि सरकारले गृहकार्य सुरु गरेको छ । गत चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीको आदेश तेस्रो पटकका लागि सरकारले यही वैशाख १५ सम्म कायम रहने निर्णय गरिसकेको छ ।

मंगलबार सांझ सीआईएनसँगको कुराकानीमा सरकारका प्रवक्तासमेत रहेकाअर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले आगामी बन्दाबन्दी कहाँ खुकुलो बनाउने र कहाँ कडाइका साथ लागू गर्ने भन्ने बारेमा अध्ययन भइरहेको बताएका हुन्।

सरकारको अध्ययनको निष्कर्षका आधारमा १५ गतेअघि निर्णय लिने मन्त्री खतिवडाले जानकारी दिए । भारत, चीनलगायतका मुलुकमा कोरोनाको अवस्था नियन्त्रणमा नरहेका कारण सीमा नाका भने तत्कालै खोल्ने तयारी नभएको मन्त्री खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार भारतबाट अनधिकृत रुपमा नेपाल आउने तर जानकारी धेरै समयपछि मात्र थाहा हुने भएका कारण पनि पछिल्लो समय नेपालमा जोखिम बढेको छ ।

संम्बन्धित समचार

Leave a Reply